गणतन्त्रको अवसरमा रौतहटबाट १० जना कैदी रिहा

Nepal Cover
१५ जेष्ठ २०८०, सोमबार
image

रौतहट १५ जेठ । गणतन्त्र दिवसको अवसरमा  रौतहटका १० जना कैदी बन्दी रिहा भएका छन। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताईरहेका १० जना कैदी रिहा भएका हुन्।

रीहा हुनेहरूमा डाँका मुद्धामा कैदिजिवन बिताई रहेका सर्लाहीमा धनकौल ७ का मदन साह भन्ने रामाप्रवेश साह, डाँका मुद्धाका कैदी रामनगर ४ सर्लाहीका  हृदय बैठा भन्ने हरिदेव वैठा, सवारी अङ्गभङ्ग मुद्धाका कमलामाई ९ सिन्धुलीका कुल वहादुर कार्की, लगायत १० जना कैदी रिहा भएकाे जेलर मणि भुषण साहले जानकारी दिएका  छन।