रौतहट १६ जेठ। रक्तदान जीवनदान मुल नाराका साथ गणतन्त्र दिवशको अवसरमा नेपाल रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सोमवार एक कार्यक्रमको आयोजना गरी चन्द्रनिगाहपुरमा सुरुभएको रक्तदान कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्सपेक्टर बिमला कुमारी कठायत सहित ४१ जनाले रक्तदान गरेको रक्त सञ्चारसेवा संयोजक संजय कुमार यादवले बताएका छन।
उपशाखा सभापति कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा
प्रमुख अतिथिको रूपमा चन्द्रपुर नगर प्रमुख,संजय काफ्ले शाखाका मन्त्री धर्मेन्द्र सिह ,स संयोक घन श्याम सुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
