चुरे दोहन गर्ने किसिमको बजेटको सासंद प्रेम सुवालद्वारा विरोध

Nepal Cover
१६ जेष्ठ २०८०, मंगलवार
image

१५ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रेम सुवालले नेपाल सरकारले सार्वजनिक गरेको आ.व. २०८०/८१ को बजेट बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि प्रतिक्रिया दिँदै भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभूति गरिएको छैन। सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ।’

उनले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए। उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए । उनले सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए ।‘सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन। शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन।’