नक्कली भुटानी शरणार्थी प्रकरण : थप ४ प्रतिवादीको बयान सकियो

Nepal Cover
१८ जेष्ठ २०८०, बिहीबार
image

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरु गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिइएको हो।यस प्रकरणमा पक्राउ परेका १७ जना मध्ये १२ जनाको बुधबारसम्म बयान सकिएको छ।बयान लिने क्रम शुक्रबारबाट जिल्ला अदालत काठमाडौँ अदालतमा सुरु भएको थियो । शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने आइतबार प्रतिवादी टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरेको छ। त्यस्तै १४ जनालाई फरार राखेकोमा १ जना पक्राउ परिसकेकी छन्। हाल १३ जना प्रहरीको फरार सूचीमा छन्।