कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक (नामावलीसहित) 

  Sampatti News Online

June 1, 2023

१८ जेठ, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिले पाउने शैक्षिक प्रोत्साहन वृत्तिको सूची सार्वजनिक गरेको छ । सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ६९७ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ ।सामान्य प्रशासनको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिमा ८०२ ले आवेदन दिएकाभए पनि १०५ रिजेक्ट भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालु आ.व. २०७९।८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन माग गरेको थियो । समयसीमा भित्र ८०२ निजामतीले सन्तती छात्रवृध्किा लागि आवेदन दिएका थिए ।
निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत वैशाख १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ । १५ दिनभित्र आधार र कारणसहित परेका उजुरीउपर छानबिन गरेर कसैले त्रुटि गरेको भेटिएमा कारबाही गर्ने सचिवालयले जनाएको छ ।

हेर्नुस् नतिजा

प्रकाशित मिति:June 1, 2023