रेशम चौधरीको माफीविरुद्ध सर्वाेच्चमा दर्ता रिटमाथि आज पेशी

  Sampatti News Online

June 2, 2023

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ ।
राष्ट्रपति पौडेलबाट चौधरीलाई माफी भएपछि घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्चमा रिट दिएकी थिइन् । रिटमाथि सुनुवाइ गर्न आज बुधवारका लागि पेशी तोकिएको छ ।
चौधरीलाई घटनामा मुख्य दोषी देखाउँदै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले सजाय तोकेका थिए । सर्वोच्चको संक्षिप्त फैसला आएको केही दिनमै चौधरीले राष्ट्रपतिबाट माफी पाएका छन् ।

प्रकाशित मिति:June 2, 2023