सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

  Sampatti News Online

June 2, 2023

काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ताहरूको खोजीका लागी गोताखोरको टोली घटनास्थल तर्फ गएको छ ।  घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको छ । अहिले उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । निर्देशकसहित ३ जना वेपत्ता भएको एसपी सिलवालले जानकारी दिए।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल रइलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल हुनुहुन्छ । सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो ।

प्रकाशित मिति:June 2, 2023