नेपालमा जनजातिको संख्या १४२ पुग्यो, १२४ मातृभाषा र १० धर्म कायम

Nepal Cover
२० जेष्ठ २०८०, शनिबार
image

काठमाडौँ । नेपालमा १७ नयाँ थपी जातजातिको सङ्ख्या कुल संख्या १४२ कायम गरिएको छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो। विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेको थियो । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको सङ्ख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ।