प्रचण्डको गेरु वस्त्रप्रति बाबुरामको टिप्पणी : ‘हामी कता जाँदैछौँ, देश कता जाँदैछ?’

  Sampatti News

June 3, 2023

काठमाडौँ । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उज्जैनस्थित प्रसिद्ध महाकाल मन्दिरमा गेरु वस्त्र लगाएर पूजापाठ गरेको तस्बिर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईल आफ्नो फेसबुक पेजमा पोष्ट गरीे प्रचण्डप्रति टिप्पणी गरेका छन् ।
तस्बिरको क्याप्सनमा उनले लेखेका छन् –‘हामी कता जाँदैछौँ, देश कता जाँदैछ?’ भट्टराइले प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउँद, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको तस्बिर समेत फेसबुक वालमा राखेका छन् ।
सो तस्बिरका सम्बन्धमा सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएको छ ।

प्रकाशित मिति:June 3, 2023