प्रधानमन्त्री दाहाल भारत भ्रमण सकेर स्वदेश फर्किँदै

  Sampatti News

June 3, 2023

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाहाल विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गर्दै भारत भ्रमण सकी आज स्वदेश फर्किन लागेका छन् ।
यही जेठ १७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रधानमन्त्री दाहालले शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर भ्रमणमा छन् त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन्। दिल्लीबाट दिउँसो साढे ४ बजे नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित केही सम्झौताहरू भएका छन्।

प्रकाशित मिति:June 3, 2023