नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस आज सुरु हुने

Nepal Cover
२१ जेष्ठ २०८०, आईतवार
image

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आजदेखि जिल्ला अदालत, काठमाडौँमा आइतबारदेखि थुनछेक बहस हुने भएको छ ।शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयानको बयान लिइएको थियो।

नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै पैसा उठाएर ठगी एवम् गैरकानुनी काममा संलग्न सबैको प्रहरीले बयान भने लिइसकेको छ।यसलगत्तै थुनछेक बहसलाई अगाडि बढाउने कार्य थालिएको हो।

जिल्ला अदालत ,काठमाडौँका अनुसार उक्त प्रकरणमा सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्।