सदस्य ढुंगानको शपथपछि राष्ट्रिय योजना आयोगले पायो पूर्णता

  Sampatti News Online

June 4, 2023

काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता शाह ढुंगानाकोसपथपछि आयोगले पूर्णता पाएको छ । आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले उहाँलाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको होे । आयोगमा महिला सदस्यको पद रिक्त रहेकोमा नेपाल सरकार मन्त्रीपरिषद्को जेठ १४ को बैठकको निर्णय अनुुसार ढुंगानाको नियुक्ति भएको थियो । शपथ ग्रहण समारोहमा आयोगका अन्य सदस्य तथा सदस्यसचिव केवल प्रसाद भण्डारीको समेत उपस्थिति रहेको छ । पूर्णता पाएपछि आयोगको कामकार्वाहीले थप गति लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:June 4, 2023