June 5, 2023
काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता विधेयक यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयन नगर्न आइतबार आदेश दिएको हो। सर्वोच्चले दुबै पक्षलाई छलफलमा बोलाउनका लागि राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयन नगर्न भनेको हो। साथै सर्वोच्चले कारण देखाऊ आदेश पनि जारी गरेको छ। विधेयकविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चले दुवै पक्षलाई जेठ २६ गते छलफलका लागि बोलाएको छ।
प्रकाशित मिति:June 5, 2023