नबिल बैंकले ल्यायो ‘नबिल दिगो घरकर्जा’

Nepal Cover
२२ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं।नबिल बैंक लिमिटेडले दिगो घरकर्जा योजना सार्वजनिक गरेको छ।विश्व वातावरण दिवस जुन५ को पूर्वसन्ध्यामा सो योजना अघि सारिएको हो।
आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच नबिल बैक सञ्चालक समिति अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जायोजनाको अनावरण गरी सार्वजनिक गरिएको हो।उहाँले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पु-याउने बताउनुभयो।उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यको बारेमा प्रकाश पार्नुभयो।
बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भए पनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राख्नुभयो।उहाँले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जाप्रवाह गरी यसले दिगो विकासमा टेवा पु-याउने विश्वास समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको समेत उपस्थिति रहेको थियो।