४३ लाखका भाँडा-कुँडा सहित ट्रक पक्राउ

  Sampatti News Online

June 5, 2023

वीरगञ्ज ।  बिलविजक भन्दा बढी भाडा बर्तन तथा खुद्रा सामान लगायतका सामग्री बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जेठ १९ गते राति पर्साकाे वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित सडकखण्डबाट  ना.५ ख ७७२४ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा पक्राउ परेकाे हाे ।


 साे ट्रकमा  विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको प्रहरी चेकजाँचमा अन्दाजी मूल्य रु.४२,९४,२२५।-(बयालीस लाख चौरान्वे हजार दुई सय पचीस – बराबरको सामान रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।


  प्रहरीले ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०/०२/२१ गते आईतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

प्रकाशित मिति:June 5, 2023