June 5, 2023
रौतहट २२ जेठ। प्रभू साह नेतृत्वकाे आमजनता पार्टीको रौतहटको कटहरिया नगर भेला सम्पन्न भएकोे छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहको प्रमुख आतिथ्यमा आईतवार कटहरिया स्थित बिवाह भवनमा नगर भेला सम्पन्न गरेका छन् । उक्त अवसरमा पार्टीे केन्द्रीय अध्यक्ष साहले सुखी नेपाली र समृद्ध नेपालको परिकलपना लाई उनकै पार्टीले मात्र साकार गर्नसक्ने दाबी गरेका थिए।
कार्यक्रममा पार्टीे केन्द्रीय सदस्य तथा कटहरियाका पुर्व मेयर सियाराम कुशवाहा, जिल्ला ईन्चार्ज त्रिभुवन साह , जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, फतुवा विजयपुर का मेयर प्रत्यासी विजय यादव, लगायतले मन्तब्य राखेका थिए। नगर भेलाले रामाज्ञा यादवको अध्यक्षतामा ७१ सदस्सीय आमजनता पार्टीको कटहरिया नगर कमिटी गठन गरेको छ।
कमिटीको उपाध्यक्षमा सुरेन्द्र साह, वैजु यादव, सचिवमा सोनालाल साह, कोषाध्यक्षमा विद्यानन्द साहलाई सर्वसहमतिले चयन गरेको छ। त्यसैगरी सदस्यहरुमा विनोद राम, प्रेम बैठ, राजेन्द्र पासवान लगायत रहेको जनाईएको छ।
प्रकाशित मिति:June 5, 2023
April 13, 2025
April 13, 2025