सिटिजन्स बैंकद्वारा वृक्षरोपण

  Sampatti News Online

June 5, 2023

काठमाडौँ । ‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार शान्तिनगर, काठमाडौंमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम २५०भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपी सम्पन्न भएको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानमा स्वास्थशिविर संचालन,समुदायिकविद्यालयएंव मठ मन्दिरलाई सहयोग गरिसकेका जनाएको छ ।

प्रकाशित मिति:June 5, 2023