मधेस प्रदेशका विभिन्न जिल्लामा विहानैदेखि विरोध प्रदर्शन

  Sampatti News Online

June 5, 2023

जनकपुर । यहीँ जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । प्रमाणीकरण पश्चात् नागरिकताविहीन निकै खुसी भएका थिए । वर्तमान अवस्थामा अहिले पनि मधेसमा झन्डै पाँच लाख युवाहरू नागरिकताविहीन छन् ।

सर्वोच्चका आदेशविरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लामा विहानैदेखि विरोध प्रदर्शन भएको छ । नागरिकताविहीन सर्वसाधारणले सर्वोच्चको घोर भ्रत्सना गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको उनीहरूले विरोध गर्नुका साथै विरोधी दलहरूविरुद्ध नारावाजी गर्दै राजमार्गमा अवरुघ गरेका छन् भने ठाउँठाउँमा टायर बालेर आवागमन ठप्प पारेका छन् ।

प्रदर्शनकारीले ढल्केवर जनकपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । उनीहरूले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्नुका साथै धर्ना लगायतका कार्यक्रमको तालिका सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति:June 5, 2023