बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुर्ने पूर्वअर्थमन्त्री खतिवडाको भनाई

  Sampatti News

June 6, 2023

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन्।

आर्थिक मिडिया सोसाइटीले काठमाडौंमा सोमवार आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा डा। खतिवडाले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचार आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताए।

उनले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताए। उनले पनि अघिल्लो वर्षमा भएका करका अनियमितता हल र कोष करेक्कन नभएको बताए। उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताए।

उनले कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए। उनले स्टक्चर बनाउन खोजेको छ तर जग पनि कमजोर रहेको बताए। उनले बजेट कमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने बताए।

उनले विद्युतीय सवारी साधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताए। उनले विद्युतीय सवारी साधनले मात्रै वातावरण प्रदूषण नगरेको भन्दै काठमाडौंमा चल्ने सवारी साधन मात्रै नभएर आन्तरिक अन्य कारण प्रदूषण भइरहेको बताए।

प्रकाशित मिति:June 6, 2023