सुनको मूल्य बढ्यो

Nepal Cover
२३ जेष्ठ २०८०, मंगलवार
image

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा ९०० रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मबार सुन तोलाको १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तैगरी आज चाँदीको मूलय पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ ।