शेयर बजारमा दोहोरो अंकको वृद्धि

  Sampatti News Online

June 6, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम तेस्रो दिन आज नेप्से २५.६६ अंकले बढेर एक हजार ९ सय २७ दशमलब ६५ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा बन्द भएको थियो । 

आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । शेयरबजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ ।

आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ रुपैयाँ पुगेको छ त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य ९.२४ प्रतिशतले बढेर प्रतिकित्ता ८.६३ रुपैयाँ पुगेको छ ।

आज सेन्चुरी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ९ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:June 6, 2023