धनुषाको पथरा टोलमा भैँसी चोरी गर्ने पक्राउ

Nepal Cover
२३ जेष्ठ २०८०, मंगलवार
image

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ६, पथरा टोलस्थित सुबलाल यादवको गोठ घरबाट सोमबार राती २ वटा भैसी चोरी गर्ने बली मुखियालाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, धनुषाधामबाट प्रहरी निरीक्षक तथा ई.प्र.का. तारापट्टीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खोज तलास गर्ने क्रममा सोमबार १० बजेको समयमा चोरी भएको २ वटा भैंसि मिथिला विहारी न।पा। वडा नं. ०७ तारापट्टी टोलस्थित भित्री सडक खण्डमा पैदल हिडाई रहेको अबस्थामा स्थानीय सुकदेव मुखियाको छोरा बर्ष ३७ को बलि मुखियाले जनकपुरतर्फ ल्याउँदै गरेको भैँसी बरामद गरी चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय,धनुषाले जनाएको छ ।