सिटिजन्स बैंक ऋणपत्र २०८० जारी हुने

Nepal Cover
२४ जेष्ठ २०८०, बुधबार
image

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधिभएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।बैंकले प्रति ऋणपत्र अंकितमूल्य रु. एक हजार दरका जम्मा तीन अर्ब रुपैया मात्र रुपैयाँ बराबरको तीस लाख कित्ता ऋणपत्रजारी गर्न लागेको हो ।सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथाहिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ ।