नक्कली भुटानी शरणार्थी प्रकरणः सानु भण्डारीसहित तीन पक्षका वकिलको बहस सकियो

  Sampatti News Online

June 7, 2023

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका चर्चित प्रतिवादी सानु भण्डारी, केशव दुलाल र टेकबहादुर गुरुङका वकिलहरुले प्रतिरक्षा बहस गरेका छन्।प्रतिवादीहरुको तर्फबाट बुधबार सुरु भएको बहसमा तीनजना प्रतिवादहरुका वकिलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा मुद्दा दायर गरिएको छ।जसमध्ये १८ जना प्रतिवादीहरु पक्राउ परेका छन्।

प्रकाशित मिति:June 7, 2023