नेप्सेमा सामान्य अंकको वृद्धि

  Sampatti News Online

June 7, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ४.६८ अंक बढेर १९३२.३३ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३५३ रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 7, 2023