आज विदेशी मुद्राको विनिमय दर कति ?

Nepal Cover
२५ जेष्ठ २०८०, बिहीबार
image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज आज जेठ २५ गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४२ रुपैयाँ ८२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।