प्रदेश स्तरिय जल उत्पन्न प्रकोप उद्धार अभ्यास सम्पन्न

  Sampatti News Online

June 8, 2023

रौतहट २५ जेठ। रौतहटको उतरिभेग चन्द्रपुर नगरपालिका १ नुन्थर छेउ बागमती नदीमा प्रदेश स्तरीय जल उत्पन प्रकोप उद्धार अभ्यास सम्पन्न भएको छ। वर्षायाममा बाढी र डुबानको कारण हुने जोखिम बाट बच्ने उपायहरूबारेको अभ्यास मुख्यमंत्री सरोज यादवको प्रमूख आतिथ्यमा कर्मैया नुनथर नजिकै वाग्मती नदीमा बुधवार सम्पन्न भएको हो। उक्त अवसरमा बाग्मतीको नदीको पानीमा डुब्दै गरेका दुई गाँउले गुहार माग्दै कराउन थालेका थिए।बाग्मती नदी माथिको झुलुङ्गे पुलमा रहेका सशस्त्र प्रहरीका जवानहरु तुरुन्त पुल माथि बाट डोरी फाले, त्यसैमा झुण्डीएर उर्लिएको बाग्मतीमा पसे र बगिरहेका दुई जनालाई नदी किनार सम्म सुरक्षित पुरयाएका थिए।

 नदी किनारमै रहेको नेपाली सेनाको मेडिकल टिमले तुरुन्त उनीहरुको प्राथमिक उपचार गरेका थिए। उनीहरूको उपचार हुदै गर्दा नदीबाट फेरी गाँउलेहरु चिच्याएको आवाज आउन थालेको थियो। केही गाँउले नदीमा बग्दै ‘बचाउ बचाउ’ भनेर कराइरहेको दृस्य देखिएकाे थियो। । लगत्तै प्रहरीको अर्को एक टोलि रबर बोट लिएर डुबिरहेका गाँउलेलाई जोगाउन गए तर रबर बोट बाग्मतीको भेलमा आफै पल्टीएको थियो।

   रबर बोटलाई सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले सहयोग गरी गोताखोरहरुले बगेका गाउँले सहीतको उद्धार गरी नदी किनारमा ल्याएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक समेतले बाग्मती नदीमा प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यासको दृस्य रहेको थियो । 

   बाग्मतीमा डुब्ने उद्वार गर्ने लगायत देखिएकाे सम्पुर्ण भूमिका सुरक्षाकर्मीले नै प्रदर्शन गरेका थिए। नमुना प्रदर्शनमा विपद पश्चात तत्काल उद्धार गर्न तालिमप्राप्त उद्धारकर्मीहरुले आआफ्नो कौशल प्रदर्शन गरेका थिए । अभ्यास समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी जनक भट्टराई, सशस्त्र प्रहरी बल छिन्नमस्ताका बाहिनि प्रमुख डिआइजी दिपेन्द्र शाह,नेपाल रेडक्रसको तर्फबाट मधेस प्रधेश अध्यक्ष  फूल महम्मद मिया,रौतहट शाखा सभापति राज किशोर यादव, सर्लाहीका सभापति  नागेन्द्र चौधरी रौतहट शाखाको उपसभापति निलु झा,मन्त्री धर्मेन्द्र  सिह रौतहट र सर्लाहीका पत्रकारहरुको सहभागिता रहेको थियो।

सञ्जय मिश्रा

प्रकाशित मिति:June 8, 2023