June 8, 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा गलत प्रक्रिया अपनाएको बताए ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए ।
सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए ।
प्रकाशित मिति:June 8, 2023
November 29, 2024