नेप्से इन्डेक्समा सामान्य सुधार

  Sampatti News Online

June 8, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। पछिल्लो २ कारोबार दिनदेखि उकालो लागेको नेप्से परिसूचकले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

आज नेप्से ७‍.२७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएको छ । बधुबार नेप्से ४.६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।  

आज दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएर बन्द भएको छ । 

आज रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे आइजीआइ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको हो।

प्रकाशित मिति:June 8, 2023