नेपाल आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित

  Sampatti News

June 9, 2023

काठमाडौँ । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल आगामी दुई वर्षका लागि एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको छ । बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले एक सय ४५ मत प्राप्त गरेको हो । नेपालले सन् २०२४ देखि २०२६ सम्म सो समितिको सदस्यको रुपमा काम गर्नेछ ।
परिषद्ले महासभाको मातहतमा रही राष्ट्र संघको आर्थिक र सामाजिक कार्यको संयोजन गर्ने गर्दछ । परिषद् सदस्यमा नेपाल निर्वाचित भएपछि खुशी छाएको छ ।

प्रकाशित मिति:June 9, 2023