५० हजार घुस लिएको आरोपमा ल्याब टेक्निसियन पक्राउ

Nepal Cover
२६ जेष्ठ २०८०, शुक्रबार
image

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भट्टराईलाई शुक्रबार बिहान शंखमुलबाट नियन्त्रणमा लिएको हो। सेवाग्राहीबाट ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने प्रयोजनको लागि ५० हजार घुस लिएको उनीमाथि आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।