सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

Nepal Cover
२६ जेष्ठ २०८०, शुक्रबार
image

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (बिहीबार) तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले नै बढेर तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तैगरी , आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।