नबिल बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलले छुट दिने

  Sampatti News Online

June 9, 2023

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग छुट सम्बन्धी सम्झौता गरेको छ । सो सम्झौता अनुसार नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन र पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत एवं होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकवर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकले २५५ शाखामार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति:June 9, 2023