दश महिनामा नेपाली कामदारले पठाए १० खर्ब भन्दा बढी रेमिट्यान्स

  Sampatti News Online

June 9, 2023

काठमाडौं । चालु आर्थिक वर्षको दश महिना सम्म नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा १० खर्ब रुपौयँ भन्दा बढी रेमिट्यान्स भित्रिए  देखिएको हो । यस अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ)  लिने नेपालीको संख्या ५१.४ प्रतिशतलेवृद्धि भई ४,२१,२७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।

प्रकाशित मिति:June 9, 2023