आधा दर्जन बढी सचिवको सरुवा

  Sampatti News Online

June 9, 2023

काठमाडौँ । सरकारले आधा दर्जन बढी सचिवको सरुवा गरेका छन् । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम, योजना आयोग,खानेपानी, उद्योगलगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । 

प्राप्त समचार अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने श्रममा राष्ट्रिय योजना आयोगका सचिव केबल भण्डारीलाई पठाइएको छ । भण्डारीले पहिलो पटक मन्त्रालय पाउँदै छन् । 

सचिव भण्डारीको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)का सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ । उद्योग भने तत्काललाई खाली राखिएको छ । 

यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यहाँका सचिव रामआधार साहलाई खानेपानीमा पठाइएको छ । 

प्रकाशित मिति:June 9, 2023