लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

  Sampatti News Online

June 9, 2023

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको आगामी आव २०८०।०८१ का लागि नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ । सार्वजनिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा दिइएको छ। सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक सहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्ररुपमा अघि बढेको जानकारी दिनुभयो ।
प्रदेशबासीको आवश्यकता बमोजिम सिप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि गर्दै जिवनस्तरमा दिगो सुधार एवं उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकता केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


नीति तथा कार्यक्रमको पूर्णपाठ तल उपलब्ध छ ।

प्रकाशित मिति:June 9, 2023