दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ

  Sampatti News Online

June 10, 2023

काठमाडौँ। सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिनिजडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापा रहेकी छिन्। उनलाई प्रहरीको साइबसर ब्‍यूरोले स्याङ्जाबाट पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्‍यूरोले जनाएको छ । 

प्रकाशित मिति:June 10, 2023