सिटिजन्स बैंकद्वारा रंगेली अस्पताललाई सामग्री सहयोग

  Sampatti News Online

June 11, 2023

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशीप्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । बैंकको विराटनगरस्थित प्रदेश कार्यालयमार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान हस्तान्तरण गरिएको हो । उक्तकार्यक्रममा रंगेलीनगरपालिका का नगर प्रमुखदिलीपकुमार अग्रवाल, उपप्रमुखभुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अअध्यक्षसाथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
साथै बैंकले डिल्लीबजार कन्याक्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरुलाई पठानपाठन मा सजिलो होसभन्ने मनासयले प्रोजेक्टर प्रदान गरेको हो ।

प्रकाशित मिति:June 11, 2023