शेयर बजारमा उच्च अंकको वृद्धि

  Sampatti News Online

June 11, 2023

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार (आज ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ७.२७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५ दशमलव ३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२ दशमलव २० रुपैयाँ पुगेको छ ।

आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सिटिजन इनभेष्डमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज ११ करोड ४७लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 11, 2023