‘डेल्टा’ ब्रान्डको नेपाली टायर बजारमा

Nepal Cover
२९ जेष्ठ २०८०, सोमबार
image

काठमाडौँ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले ‘डेल्टा’ ब्रान्डको टायर बजारमा ल्याएको छ । टीभीएस एन्टर्क स्कुटरका लागि सो टायर निर्माण गरिएको हो ।
१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायतीभएको कम्पनीको भनाइ छ । प्राविधिक रुपमा नेपाली सडक सुहाउदो तरिकाले डिजाइन गरिएको सो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजतरिकाले प्रयोग गर्न सकिन्छ ।


रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धनखपतमाकमील्याउनपनि सहयोग गर्छ । ‘अहिले बिक्री पछिको सेवाकालागिआवश्यक टायरको रुपमा यो टायर प्रयोग गर्न सकिन्छ ।’ ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले भने, ‘नेपालीबजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले ध्यान केन्द्रीत गरेको हो ।’
ग्रिन टायरले यो भन्दापहिले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायर समेत उत्पादन गरिसकेको छ । करिव पाँचपाँचवर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्रीह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ ।
हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजारथान टायर उत्पादन गरिरहेको छ । ग्रिन टायरमा कुल १२० जना कामदार कार्यरत छन् ।