शेयर बजारमा सामान्य अंकको वृद्धि

  Sampatti News Online

June 12, 2023

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अंकले बढेर एक हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको थियो ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

पछिल्लो समय होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको छ। होटलमा खरिद चाप बढ्दा उक्त समूहको सूचक लगातार बढ्दो क्रममा छ।

सोमबार पनि कारोबारमा आएका सबै होटलको शेयरमूल्य उच्च दरमा बढेको छ भने कारोबार पनि बढ्दै गएको छ। यस दिन होटल उपसमूहको सूचक १०.७८ प्रतिशतले बढेको देखिन्छ।

 सोल्टी होटलको सबैभन्दा धेरै १५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ११ लाख र शिव श्री ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 12, 2023