प्युठानको भिंग्रीमा कार दुर्घटना : आठ जनाको मृत्यु, एकको सनाखत

  Sampatti News Online

June 12, 2023

काठमाडौँ । प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ।

गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। प्रहरीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं ५ का तारा कुमालको मात्रै पहिचान भएको बताएको छ ।प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो। स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो।

प्रकाशित मिति:June 12, 2023