नबिल बैंकबाट एसियन पेन्ट्स आबद्ध व्यवसायीले च्यानल फाइनान्सिङ्ग कर्जा पाउने

  Sampatti News Online

June 12, 2023

काठमाडौं । नबिल बैंक लिमिटेडले एसियन पेन्टस् नेपाल प्रालिसँग आबद्ध व्यवसायीलाई च्यानल फाइनान्सिङ्ग कर्जा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ्ग सुविधाको लागि सोमबार एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङ्गको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगान ीगर्ने उद्देश्यका लागिआकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका शाखा सञ्जालबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए। उनले व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए।
यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारीे चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो।

कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमु खकार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टस्का प्रमुख वित्त अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्टस्का अन्य कार्यकारीको पनि उपस्थिति थियो ।

च्यानल फाइनान्सिङ्ग प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ। बैंकले सम्बन्धित व्यवसायीको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जा समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

प्रकाशित मिति:June 12, 2023