गरुडामा फुयाँल र बौधीमाईमा यादव 

  Sampatti News Online

June 13, 2023

रौतहट ३० जेठ । रौतहटको गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हेमराज फुयाँलले जिम्मेवारी पाएका छन्। अधिकृत फुयाँल सोमवार नगर पालिकाको कार्यालयमा हाजिर भएका हुन। उक्त अवसरमा मेयर कन्थमणि जैसवालले उनलाई फुलको माला लगाई खाँदा ओढाएर स्वागत गर्दै कार्यकाल सफलताकाे शुभकामना दिएका थिए। यस अघि गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भुदेव झा रहेका थिए।

त्यसैगरी बौधीमाई नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद यादवले जिम्मेवारी पाएका छन्। सोमवार यादव नगरपालीका को कार्यालयमा हाजीर भएका हुन। उक्त अवसरमा मेयर प्रदीप यादवले प्रशासकीय अधिकृत यादवलाई खाँदा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रकाशित मिति:June 13, 2023