प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराई बिरुद्धको रिट न्यायाधीश सपनाको इजलासमा

  Sampatti News Online

June 13, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

पूर्व अयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिट सुनुवाईका लागि मंगलवारको इजलासमा राखिएको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै बिष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री डा. भट्टराईमाथि कारबाहीको माग गर्दै गत हप्ता रिट दायर गरेका थिए ।

प्रकाशित मिति:June 13, 2023