नेप्सेमा उच्च अंकको बृद्ध

Nepal Cover
३० जेष्ठ २०८०, मंगलवार
image

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसंगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अंक बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आज नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको छ । आज चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने २२ कम्पनीकोे शेयरमूल्य घटेको छ । पाँच वटाको शेयरमूलय स्थिर रहेको छ ।  

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जवीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीे बढेको छ । 

आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब चार प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको साढे १७ करोडको शेयर कारोबार भएको छ भने आइएमई जनरल इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।यस कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।