राजस्व अनुसन्धानको नियन्त्रणमा ६४९ बोरा अवैध युरिया मल

  Sampatti News Online

June 13, 2023

पाल्पा । राजस्व अनुसन्धान कार्यालय बुटवलले पाल्पाको रामपुर –५ स्थित बेझाडमा शनिबार बरामद गरेको ६ सय ४९ बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत नामक युरिया मल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मलको बिल, कागजपत्र र भण्डारण गर्ने व्यक्ति पत्ता नलागेपछि कार्यालयले अनुसन्धानका लागि युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालयका अधिकृतसहित करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र प्रहरीका प्रतिनिधिसहितको टोलीले सिल खोलेर नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघलगायतको रोहबरमा भण्डारण गरेर राखिएको मल नियन्त्रणमा लिई सिल खोलेर अवैध रासायनिक मल बुटवलमा पठाइएको छ ।

प्रकाशित मिति:June 13, 2023