स्थायी कर्मचारीको विवरण १५ दिनभित्र पठाउन निर्देशन

Nepal Cover
३० जेष्ठ २०८०, मंगलवार
image

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको विवरण १५ दिनभित्र पठाउन निर्देशन दिएको छ ।

राजपत्राकिंत र राजपत्र अनकिंत कर्मचारीको छुटुटा छुट्टै विवरण तोकिएको ढाँचामा मन्त्रालयको कर्मचारी प्रशासन शाखामा र इमेलमार्फत सफ्टकपी समेत पठाउन मन्त्रालयले परिपत्र गरेको हो ।