नागरिकता माग गर्दै माइतीघरमा आत्मदाह प्रयास

  Sampatti News Online

June 13, 2023

काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरिका नीरजकुमार कामत रहेको बताइएको छ । अहिले उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरी अधिकारीले बताएका छन् । उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।

प्रकाशित मिति:June 13, 2023