सर्वोच्चले प्रचण्डलाई सोध्यो बालकलाई लडाकू बनाउनुको कारण

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालुविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । माओवादी जनयुद्धकालमा बालसैन्यका रुपमा भर्ती भएका लेलिन विष्टले दायर गरेको रिटमा सो आदेश जारी गरिएको हो। सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विष्टलाई अयोग्य लडाकु बनाउनुको कारण प्रचण्डलाई सोधेको हो।

माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।

निवेदक विष्टले बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत,परिपुरण,क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीका नाममा परमादेश माग गरेका थिए।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा ठूलो संख्यामा बालबालिकालाई जनमुक्ति सेनामा भर्ती गरिएको थियो । विद्यालयमा पढ्दै गरेका अबोध बालबालिकालाई अपहरण गरी जर्बजस्ती बालसैन्य बनाउँदा विष्टजस्ता थुप्रै व्यक्तिको जीवन अन्धकारमय भएको छ ।

प्रकाशित मिति:June 13, 2023